ट्याक्टर दुर्घटनामा बालकको मृत्यु, दुई जना घाइते

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २८, शनिबार २०:०४

संखुवासभा । संखुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा शनिबार दिउँसे ट्याक्टर दुर्घटना हुँदा ११ वर्षीय बालकको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा खाँदबारी नगरपालिका–९ का ११ वर्षीय मनिष कुमालको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

दुर्घटनापछि स्थानीय र नेपाली सेना इन्द्र गुल्मको टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई अस्पताल पुर्‍याएको थियो । घटनापछि ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.