प्रधानमन्त्रीको भारत भ्रमणका लागि सैद्धान्तिक सहमति

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २९, आइतबार ०७:१६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणका बारेमा नेपाल र भारतबीच सैद्धान्तिक सहमति भए पनि तत्काल मिति भने तय भएको छैन ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भ्रमणअघि आवश्यक कूटनीतिक र प्राविधिक तयारी बाँकी रहेकाले केही समय लाग्नेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देशमार्फत शाहलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

हालै भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा उच्चस्तरीय भ्रमणका बारेमा छलफल भए पनि मिति तय नभएको खनालले बताए । त्यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हुने तयारी छ ।

उक्त भ्रमण एक महिनाभित्र हुनसक्ने र त्यसपछि मात्र प्रधानमन्त्री शाहको भ्रमणको मिति टुंगो लाग्ने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ । दुई देशबीचका संयन्त्र सक्रिय बनाउँदै सम्बन्धलाई थप सुदृढ बनाउने सहमतिसमेत भएको छ । साथै, प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्री खनालको भारत भ्रमण हुनसक्ने सम्भावना पनि छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.