
विराटनगर । प्रधानमन्त्री बालेन शाह (बोलन्द्र) लागयत नेताहरूलाई गालीगलौज गरेको आरोपमा पाँचथरका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
युट्युबमा प्रधानमन्त्री शाहलगायतका नेतालाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा पाँचथरको फाल्गुननन्द गाउँपालिका–७ का युट्युबर रोशन पोखरेल पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
‘हेड्स’ नामक युट्युब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत पाँचथरबाट पोखरेललाई १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















