चिटिक्क पारिए विमानस्थलहरु

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २९, आइतबार १२:५६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि देशभरका विमानस्थलहरु सरसफाइ र आधारभूत सुविधा व्यवस्थापनमा उल्लेख्य सुधारसहित चिटिक्क देखिन थालेका छन् ।

मन्त्रालयले विमानस्थलहरुलाई व्यवस्थित, सफा र यात्रुमैत्री बनाउन कडाइका साथ निर्देशन दिएपछि विभिन्न स्थानका विमानस्थलहरुले त्यसअनुसार काम अघि बढाएका हुन् । मन्त्रालयले हालै सामाजिक सञ्जालमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर विमानस्थल र तुम्लिङटार विमानस्थल लगायतका विमानस्थलका सुधारिएका तस्बिर तथा भिडियो सार्वजनिक गरेको छ ।

ती सामग्रीमा विमानस्थल परिसरको सरसफाइ, शौचालयको स्तरोन्नति र यात्रु प्रतीक्षालयको व्यवस्थापनमा सुधार देखिन्छ । निर्देशनअनुसार विमानस्थलभित्र स्तनपान कक्ष स्थापना गर्ने र महिलाका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । साथै, शौचालय र सार्वजनिक स्थानलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सफा राख्न विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका अन्य आन्तरिक विमानस्थलहरुले पनि यस्तै सुधारका गतिविधि तीव्र पारेका छन् । त्यसको निरन्तर अनुगमन भइरहेको छ । यात्रुहरुलाई सहज, सुरक्षित र स्वच्छ सेवा प्रदान गर्ने लक्ष्यसहित यस्तो अभियान सञ्चालन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.