तेस्रो हलेसी खेलकुद, साहित्य तथा पर्यटन महोत्सव हुने

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २९, आइतबार १७:३९

दिक्तेल। खोटाङको दिक्तेलमा आगामी जेठ ३ देखि ९ गतेसम्म ‘तेस्रो बृहत् खोटाङ हलेसी खेलकुद साहित्यिक तथा पर्यटन महोत्सव’ आयोजना हुने भएको छ। नेपाल खेलकुद प्रतिष्ठानको आयोजना र नेपाल कराँते महासंघ खोटाङको व्यवस्थापनमा हुन लागेको यस महोत्सवबारे शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

महोत्सवमा मुख्य गरी एथ्लेटिक्स, राष्ट्रिय बुद्धिचाल र खुला राष्ट्रिय साहित्य महोत्सव सञ्चालन गरिनेछ। एथ्लेटिक्सतर्फ विभिन्न उमेर समूहका छात्रछात्रा, महिला, पुरुष, आमाहरू र ५५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै दौड प्रतियोगिता हुनेछ। साथै ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरूका लागि ७ किलोमिटर दौड समेत समावेश गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष सन्जयकुमार राईका अनुसार एथ्लेटिक्समा ११ र बुद्धिचालमा ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। जेठ ९ गते हुने साहित्य महोत्सवमा देशभरका ख्यातिप्राप्त साहित्यकारहरूको सहभागिता रहनेछ। सोही अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने पाँच जना व्यक्तित्वलाई सम्मान समेत गरिने आयोजकले जनाएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.