फाइल फाेटाेविराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजन स्थित मेची राजमार्गमा तीनवटा मोटरसाइकल एकापसमा ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।
आइतबार अपराह्न साढे ४ बजेको समयमा चारआलीबाट बुधबारे तर्फ आउँदै गरेका प्र.१-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकल र को ३१ प ९२९० नम्बरको मोटरसाइकल तथा विपरीत दिशाबाट जाँदै गरेको प्र.१-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेकाे थियाे ।
दुर्घटनामा परी गम्भीर घाइते भएका प्र.१-०१-०१२ प ७६३५ नम्बरको मोटरसाइकलका चालक इलाम नगरपालिका–६ बस्ने अन्दाजी २५ वर्षीय भुपेन्द्र श्रेष्ठको मृत्यु भएको हाे । टाउको र खुट्टामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा प्र.१-०२-०४१ प ८९८७ नम्बरको मोटरसाइकलका चालक धरान–१५ का २७ वर्षीय मनीकुमार देवान र सोही मोटरसाइकलको पछाडि सवार इटहरी–५ का २७ वर्षीय अनिष बस्नेत घाइते छन् ।
को ३१ प ९२९० नम्बरको मोटरसाइकलका चालक इटहरी–५ का २९ वर्षीय नन्दबहादुर मगर र पछाडि सवार इटहरी–१७ का २९ वर्षीय कमल मगर पनि घाइते भएका छन् । घाइते चारै जनाको बिर्तामोडस्थित स्पाइनक्स अस्पतालमा उपचार भइरहेको छ ।
























