
विराटनगर । विराटनगर महानगरपालिका–१० मा रहेको चियाबारी नामक क्याफेमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ ।
प्रहरीका अनुसार क्याफेमा कोही पनि नभएको अवस्थामा दिउँसो ३ बजेतिर आगलागी भएको हो । घटनामा १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । प्रहरी, स्थानीय र दमकलको सक्रियतामा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
























