मोरङमा पिकनिक खाएर फर्किएका पुरुषको भिरबाट लडेर मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार १८:०९

विराटनगर । मोरङमा पिकनिक खाएर घरतर्फ फर्किदै गरेका एक जना पुरुषको भिरबाट लडेर मृत्यु भएको छ ।

केराबारी गाउँपालिका–१ सेलेङका अन्दाजी ४८ वर्षीय अटलबहादुर मगरको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार जगरे भन्ने ठाउँबाट पिकनिक खाएर फर्किदै गरेका बेला अचानक भिरबाट लडेर मगरको मृत्यु भएको जानकारी आउनसाथ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली परिचालन गरिएको छ ।

Advertisement

मगरको मृत्यु भएको सूचना प्रहरीलाई बुधबार दिउँसो ४ः३० बजेतिर प्राप्त भएको थियो । यो समाचार तयार पार्दासम्म प्रहरी टोली घटनास्थल पुगिसकेको छैन । घटनास्थल निक्कै दुर्गम र विकट क्षेत्रमा रहेकाले प्रहरीलाई पुग्न समय लागेको हो ।

धनकुटाको भेडेटार हुँदै प्रहरी टोली घुमेर जानुपर्ने बाध्यता छ । इन्स्पेक्टर गिरी नेतृत्वको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.