उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार १८:५५

काठमाडौं । सरकारले २०६२–०६३ यतादेखि सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ गठन गरिएको हो । आयोगले २०६२–०६३ देखि ०८२–०८३ सम्म सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी पाएको छ ।

Advertisement

आयोगका सदस्यहरूमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आयोगले विगत दुई दशकमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यसहित काम गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.