छ वटा प्रदेशमा वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार ०६:३५

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव कायमै रहेकाले आज (शनिबार) देशका विभिन्न भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ । दिउँसोतिर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली बढ्नेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ ।

Advertisement

यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका पनि एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्ने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढेर तातो अनुभव हुने सम्भावना छ । रातिको समयमा भने अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ ।

अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान गरिएको छ । केही स्थानमा हल्का वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.