काठमाडौं आइपुगे कपुर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार ०९:४९

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने नेपाल भ्रमणका लागि सोमबार बिहान काठमाडौं आइपुगेका छन् । उनी बिहान सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कपुरको भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । उनले प्रधानमन्त्री बालेन्द्र साह, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गर्ने बताइएको छ ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेपछि नेपाल भ्रमणमा आएका कपुर पहिलो उच्चस्तरीय अमेरिकी कूटनीतिज्ञ हुन् । यसअघि उनी बंगलादेशमा नयाँ सरकार गठनपछि ढाका पुगेर त्यहाँका शीर्ष नेताहरूसँग समेत छलफल गरेका थिए ।

काठमाडौं बसाइका क्रममा नेपाल–अमेरिका सम्बन्ध, विकास सहयोग, क्षेत्रीय सुरक्षा र आपसी सहकार्यका विषयमा छलफल हुने बताइएको छ । कपुर नेपाल भ्रमण सम्पन्न गरी वैशाख ९ गते स्वदेश फर्कने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.