खोलामा डुबेर एकै परिवारका दुई बालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १५:५९

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ फेकेदेमस्थित सुकेखोलामा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय सुवास राई र ४ वर्षीय आकाश राई रहेका छन् ।

प्रहरीका अनुसार सुकेखोलामा आइतबार बेलुकी पौडी खेल्ने क्रममा ४ वर्षीय आकाश राई ढुंगाबाट चिप्लिएर खोलामा खसेपछि उनलाई बचाउन दाजु सुवास राई हामफालेका थिए । तर, दुवै जना खोलाको करिब १५ मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।

Advertisement

स्थानीय र प्रहरीले उद्धार गरी तत्काल सेदुवास्थित मकालु स्वास्थ्य केन्द्र पुर्‍याए पनि उपचारका क्रममा दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । इन्स्पेक्टर मेघराज अर्यालका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

दुवै बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । घटनाले स्थानीय शोकमा डुबेका छन् । अभिभावक अत्यन्तै मर्माहत बनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.