
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आगामी जेठ ४ गतेसम्म हरेक दिन राति ७ घण्टा बन्द हुने भएको छ ।
विमानस्थलका अनुसार राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोकिनेछ । टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीले धावनमार्ग छेउको ट्याक्सीवेमा भइरहेको ‘पेभमेन्ट कन्स्ट्रक्सन’ कार्यलाई तीव्र बनाउन यस्तो निर्णय गरिएको बताए ।
सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा पूर्ण बन्द आवश्यक परेको जनाइएको छ । विमानस्थलले हवाई सेवा प्रदायकलाई उडान तालिका समायोजन गरी यात्रुमा पर्ने असर न्यून गर्न आग्रह गरेको छ ।


















