आगोले जलेर हजुरबुवा र नातिको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार ०८:०४
फाइल फाेटाे

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित शान्ति चोकमा भीषण आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृतकहरु हजुरबुवा र नाति रहेको रहेको प्रहरीले जनाएको छ । एक जना महिला घाइते भएकी छन् ।

आगोले जलेर ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंले बताए । उनका अनुसार मृतकहरु पवन लक्ष्मीनारायणको छोरीका छोरा हुन् ।

Advertisement

प्रहरीका अनुसार मंगलबार बिहान करिब पौने ३ बजेदेखि लक्ष्मी नारायण खड्काको घरबाट आगो सुरु भएको थियो । रातको समयमा सबैजना सुतिरहेको अवस्थामा आगो फैलिँदा उनीहरू बाहिर निस्कन नपाएको बताइएको छ ।

आगलागीमा अस्मिता खड्का घाइते भएकी छन् । उनको बेल्टार नगर अस्पतालमा उपचार भइरहेको छ । आगलागीले लक्ष्मीनारायण खड्काको घरसँगै रविनकुमार दास र सकल देवको घर पनि पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनापछि दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने देखिए पनि वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.