मोरङको जहदामा पोखरीमा डुबेर बालिकाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १५:३६

विराटनगर । मोरङको जहदामा पोखरीमा डुबेर मंगलबार दिउँसो एक जना बालिकाको मृत्यु भएको छ ।

जहदा गाउँपालिका–५ का वसन्तलाल महतोकी छोरी ८ वर्षीया आँचल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेल्ने क्रममा महतो जहदा–६ का लगनलाल मण्डलको पोखरीमा दिउँसो १ बजेतिर डुबेकी थिइन् ।

Advertisement

पोखरीमा डुबेर अचेत भएको अवस्थामा आफन्तले फेला पारेर उनलाई उद्धार गरी तत्काल उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याएका थिए । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

शव कोशी अस्पतालमै छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.