तीन प्रदेशमा वर्षाको सम्भावना

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख ९, बुधबार ०६:५०

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहँदा आज (बुधबार) पनि मौसममा आंशिक परिवर्तन देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । ती क्षेत्रमा चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । यद्यपि, तराईका अधिकांश क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान गरिएको छ ।

विशेषगरी मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको प्रभाव रहनेछ भने केही स्थानमा तातो लहरसमेत चल्न सक्ने महाशाखाले जनाएको छ । बुधबार राति भने अधिकांश स्थानमा मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा भने हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना कायमै रहने सम्भावना छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.