
झापा । झापाको मेचीनगर नगरपालिका–२ थापा चोकमा जंगली हात्तीले एक घरमा क्षति पुगेको छ । बुधबार बिहानका राति जगन्नाथ वनको ढुंगा, माटो र काठले बनेको टिनको छानो भएको एकतले भान्सा घरमा हात्तीले क्षति पुर्याएको हो ।
हात्तीले भान्सा घर पूरै भत्काइदिएको प्रहरीले जनाएको छ । हात्तीले घरभित्र राखिएको करिब ७ मन धान समेत खाइदिएको छ । भान्सा घर भत्काएर हात्तीले धान खाइदिँदा ३० हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन । हात्तीले घर भत्काइदिएपछि स्थानीय त्रसित बनेका छन् ।
























