मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध अदालतमा मुद्दा दायर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार १२:२१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम कारबाही गर्न माग गर्दै मुद्दा दर्ता गरेको हो।

सरकारी वकिलले प्रसाईँलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय गर्न माग गरेको छ। प्रसाईँले पटक-पटक यस्तो कसुर गरेको देखिएकाले थप सजाय र अपराध पीडित संरक्षण ऐन २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग गरिएको छ।

Advertisement

प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनका सम्बन्धमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ। विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरुद्धमा बोलेको र ‘निर्वाचन गरिए देश टुक्रिन्छ’ भन्दै वैमनस्यता फैलाउन खोजेको प्रहरी अनुसन्धानले देखाएको छ।

उनले राजसंस्था र हिन्दु राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने जस्ता हिंसात्मक अभिव्यक्ति दिएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.