सहकारीको बचत फिर्ताका लागि महान्यायाधिवक्ता र सीआईबीसँग छलफल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार २०:१२

काठमाडौं । सहकारी पीडितहरूको निक्षेप फिर्ता गर्ने तयारीमा जुटेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार सरोकारवाला पक्षहरूसँग चरणबद्ध छलफल गरेको छ । समस्याग्रस्त सहकारीबाट रकम असुली गरी बचतकर्तालाई न्याय दिलाउने विषयमा केन्द्रित रहेर मन्त्री प्रतिभा रावलले बिहान चार्टर्ड एकाउन्टेन्टहरूसँग परामर्श गरेकी हुन् ।

मन्त्री रावलले बुधबार नै महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी मनोज केसीसँग छुट्टाछुट्टै भेट गरी कानुनी र अनुसन्धानको अवस्थाबारे जानकारी लिएकी छन् ।

Advertisement

छलफलका क्रममा महान्यायाधिवक्ता कँडेलले समस्याग्रस्त सहकारीका मुद्दा हेर्न कार्यालयमा छुट्टै डेस्क स्थापना गरिएको जानकारी दिँदै कानुनी जटिलता सुल्झाउन सहयोग गर्ने बताए । त्यस्तै, सीआईबी प्रमुख केसीले अनुसन्धानमा देखिएका अवरोध हटाएर रकम फिर्ताका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारले कार्यभार सम्हालेको १०० दिनभित्रै सहकारी पीडितको रकम फिर्ता गर्ने घोषणा गरेकाले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न मन्त्री रावलले आग्रह गरेकी छन् । प्रक्रियागत उल्झनले बचतकर्ताको रकम रोकिन नहुने भन्दै उनले सबै निकायलाई तीव्रताका साथ काम गर्न निर्देशन दिएकी छन् ।

मन्त्रालयले समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीलाई प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
सेयर बजारमा ४ अर्बको चलखेल: बीमा कम्पनीको फन्ड दुरुपयोग भएको बोर्डको निष्कर्ष
कोशी प्रदेशको आगामी बजेट: ‘प्रोजेक्ट बैंक’ बाहिरका योजनाले बजेट नपाउने
हिरासतमा विकको मृत्यु: दलित आयोगद्वारा निष्पक्ष छानबिनको माग
इलाम गोल्डकप: मच्छिन्द्रको सानदार जित, पथरीलाई हराउँदै फाइनलमा
नेपथ्यको क्यानडा यात्रा लन्डन कन्सर्ट : दर्शकको उत्साहजनक उपस्थिति
चन्द्रगढी महिला गोल्डकप: १० खेलाडीमा सीमित पुलिस सेमिफाइनलमा
शून्य बाँकी फाइल सप्ताह: फर्छ्योट हुन नसकेका फाइलको विवरण बुझाउन सरकारको आह्वान
मिथ्या सूचना र भ्रम फैलाउनेमाथि कारबाही गर्ने मन्त्रालयको चेतावनी
रुस-युक्रेन युद्धको भुमरीमा नेपाली: ११८ को मृत्यु, सयौँ बेपत्ता र घाइते
सहकारीको बचत फिर्ताका लागि महान्यायाधिवक्ता र सीआईबीसँग छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.