चैतमा विपद्का ९ सय घटना, ३० जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार १३:०६

काठमाडौं । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र ४ जना बालबालिकाको मृत्यु भएको हो ।

दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भएको छ भने ५२९ चौपाया मरेका छन् ।

Advertisement

विपदबाट ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

विपदबाट १४३ जना विस्थापित भएका छन् । सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ ।

तपाइको प्रतिक्रिया
रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित
कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान
मन्त्रिपरिषद्का निर्णय: प्रहरी प्रतिष्ठानको जग्गा फिर्तादेखि वैदेशिक सहायता वार्ता टोलीसम्म
सरकारी सफ्टवेयर अध्ययनका लागि विवेक मिश्रको संयोजकत्वमा कार्यदल गठन
चैतमा विपद्का ९ सय घटना, ३० जनाको मृत्यु
इलाममा ध्वनि प्रदूषण गर्ने ८ मोटरसाइकल नियन्त्रणमा
विद्यार्थी संगठन खारेजीको विरोधमा विद्यार्थी सडकमा
इजरायल र लेबनानबीच दोस्रो चरणको शान्ति वार्ता आज, युद्धविराम लम्बिने सम्भावना
महान्यायाधिवक्ता कँडेलको योग्यता सम्बन्धी रिटमा आज सुनुवाइ
सुन र चाँदीको मूल्यमा गिरावट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.