संसद बैठक स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार १८:४३

काठमाडौं । वैशाख १७ गतेका लागि आह्वान गरिएको संघीय संसदको बैठक स्थगित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा बैठक स्थगित गर्ने निर्णय गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक स्थगित गर्न औपचारिक सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिबाट अधिवेशन स्थगन गरिएको हो ।

Advertisement

यसअघि मन्त्रिपरिषद्कै निर्णयअनुसार संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको थियो । सो सिफारिसअनुसार राष्ट्रपतिले बुधबार बैठक बोलाएका थिए ।

तर, पछिल्लो निर्णयसँगै तोकिएको मितिमा बैठक नबस्ने भएको छ । सरकारले बैठक स्थगन गर्नुको कारण भने सार्वजनिक गरिएको छैन ।

तपाइको प्रतिक्रिया
भूमि प्रशासन सेवालाई जनताको नजिक पुर्‍याउने तयारी
इन्साइडर ट्रेडिङ प्रकरणमा शेखर गोल्छा पक्राउ
सगरमाथाबाट मात्रै ८९ करोडभन्दा बढी रोयल्टी संकलन
सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा कठिनाइ
संसद बैठक स्थगित
पत्रकार महासंघ मोरङको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
महान्यायाधिवक्ताको योग्यता सम्बन्धी विवाद: सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित
कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान
मन्त्रिपरिषद्का निर्णय: प्रहरी प्रतिष्ठानको जग्गा फिर्तादेखि वैदेशिक सहायता वार्ता टोलीसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.