२ हजार ६९२ जनामाथि कारबाही

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १०:२४

काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ट्राफिक प्रहरीले २ हजार ६९२ जना सवारी चालकमाथि कारबाही गरेको छ ।

नियम उल्लंघन गर्ने चालकहरूबाट राज्य कोषमा कुल ७ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेहरूमा ट्राफिक संकेत उल्लंघन गर्ने २२४ जना, तीव्र गतिमा सवारी चलाउने १३२ जना र मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जना रहेका छन् ।

Advertisement

यस्तै, यान्त्रिक अवस्था ठीक नभएका सवारी चलाउने ६३ जना, लेन अनुशासन पालना नगर्ने २३७ जना तथा सार्वजनिक सवारीका ढोका बन्द नगरी चलाउने ४७ जना पनि कारबाहीमा परेका छन् ।

निषेधित क्षेत्रमा हर्न बजाउने ७८ जना र तोकिएको स्थानमा यात्रु चढाउने–ओराल्ने नियम उल्लंघन गर्ने ४० जना चालकलाई समेत कारबाही गरिएको छ । अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने १ हजार ७८० जनामाथि समेत ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

तपाइको प्रतिक्रिया
झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद
वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने
सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा
लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ
सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग
सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे
केन्द्रमा सरकार फेरिएपछि विराटनगरले पनि हटाउन थाल्यो फुटपाथकाे अतिक्रमण
लोकतन्त्र जनतामा अनुभूति हुनुपर्छ
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.