सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १३:१७

काठमाडौं । काठमाडाैंका सुकुम्बासी बस्ती हटाउने सरकारकाे योजना तत्काल रोक्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले माग गरेकाे छ ।

सरकारले बस्ती खाली गर्न भन्दै माइकिङ गरिरहेको छ । सरकारकाे सूचनापछि केही सुकुम्बासी परिवारले घरकाे सामान  अन्यत्र सारेका छन् । केहीले आन्दाेलन गरिरहेका छन् ।

Advertisement

शनिबार बिहानैदेखि काठमाडौंका अतिक्रमित बस्ती हटाउने तयारी गरेको छ । एमनेस्टीले मानवअधिकारको दृष्टिकोणबाट चासो राख्दै राेक्न माग गरेकाे हाे ।

‘जबरजस्ती निष्कासन गर्ने कार्यले विधिको शासनको खतरनाक क्षयीकरणलाई प्रतिविम्बित गर्दछ र यसले बढ्दो अधिनायकवादी दृष्टिकोणलाई इंगित गर्दछ,’ एमनेस्टी इन्टरनेसनल नेपालका प्रमुख निराजन थपिलयाले भनेका छन्,’ बालेन सरकारको नीतिगत मार्गचित्रले भूमिहीन समुदायको समस्यालाई एउटा निश्चित अवधिभित्र समाधान गर्ने वाचा गरेको थियो । पूर्व प्रमाणीकरण, अर्थपूर्ण परामर्श, वा वैकल्पिक आवासको सुनिश्चितता बिना परिवारहरूलाई निष्कासन गर्ने कार्यले उक्त प्रतिबद्धतालाई कमजोर बनाउँछ र एउटा सुशासनको चुनौतीको सवाललाई सजिलै टार्न सकिने मानवअधिकार संकटमा परिणत गर्ने जोखिम हुन्छ।’

जबर्जस्ती निष्कासन गर्न अन्तर्राष्ट्रिय मानव अधिकार संरक्षणका सर्तहरू पालना भएको सुनिश्चत हुनुपर्ने एमनेस्टीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
झापामा प्रहरीको ‘स्वीप अपरेसन’: ६२ जना पक्राउ
झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद
वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने
सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा
लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ
सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग
सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे
केन्द्रमा सरकार फेरिएपछि विराटनगरले पनि हटाउन थाल्यो फुटपाथकाे अतिक्रमण
लोकतन्त्र जनतामा अनुभूति हुनुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.