वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १५:१९

काठमाडौं । सरकारले काठमााडौंका तीन स्थानबाट हटाइएका ‘वास्तविक सुकुम्बासी’लाई  स्थायी बसोवासको व्यवस्था मिलाउने भएको छ ।

सरकारले शनिबार र आइतबार थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा बसेका  सुकुम्बासी बस्ती हटाउँदैछ ।  तीन स्थानका सुकुम्वासीलाई सरकारले अस्थायी बसोबासकाे व्यवस्था गर्नेछ । त्यसपछि उनीहरुलाई सरकारले वसाेबासकाे प्रावधान मिलाउनेछ ।

Advertisement

प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकारले पूर्व तयारी गरेर मात्रै सुकुमवासीलाई सार्न लागेको हो ।

शुक्रबार साँझसम्म बसोबास गरिरहेको स्थान छोड्नका लागि सुरक्षाकर्मीले हिजो साँझ माइकिङ गरेर आग्रह गरेको छ । अन्यत्र घर– जग्गा भएका तर सुकुम्बासी हुँ भन्दै बसेकाहरुलाई भने सरकारले सुरक्षित स्थानमा राख्ने छैन ।

प्रधानमन्त्री कार्यालयका अनुसार सारिएका  सुकुम्बासीकाे लगत संकलन राखिएकै स्थानबाट हुनेछ । लगत संकलनको कार्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्नेछ । वास्तविक सुकुम्बासी छुट्याउने कार्य १५ दिनमा सकिने प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया
मोरङको लेटाङमा नयाँ प्रयोग : हिरासतमा पुस्तकालय, ड्रोनबाट निगरानी
पूर्वी तराईमा प्रहरीको ‘स्वीप अप्रेसन’ : गुण्डागर्दी र लागुऔषधविरुद्ध प्रहार, २५४ पक्राउ
झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद
वास्तविक सुकुम्वासीलाई सरकारले बसोवासको व्यवस्था मिलाउने
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने
सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा
लागुऔषध कारोबारी र गुण्डागर्दीविरुद्ध मोरङ प्रहरीको स्वीप अप्रेसन : ७२ जना पक्राउ
सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुम्बासी बस्ती हटाउने योजना राेक्न एमनेस्टी इन्टरनेशनलकाे माग
सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे
केन्द्रमा सरकार फेरिएपछि विराटनगरले पनि हटाउन थाल्यो फुटपाथकाे अतिक्रमण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.