सुकुम्वासी बस्ती खाली गर्दा सरकारले बल प्रयोग नगर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १८:१८
शिक्षामन्त्री

काठमाडौं । सरकारले नदी किनारमा जोखिमपूर्ण रूपमा रहेका सुकुम्वासी बस्ती हटाउने क्रममा बल प्रयोग नगर्ने स्पष्ट पारेको छ ।

शिक्षा तथा युवा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरजस्ती डोजर चलाउने वा प्रहरी परिचालन गरेर बस्ती खाली गर्ने कुनै योजना नभएको बताएका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर समाधान खोजिने जानकारी दिए ।

Advertisement

मन्त्री पोखरेलका अनुसार प्रारम्भिक चरणमा बाढीको उच्च जोखिममा रहेका तीनवटा सुकुम्वासी बस्ती हटाइने तयारी भइरहेको छ । ती बस्तीहरू विगतमा बाढीका कारण बारम्बार प्रभावित हुँदै आएको र मानवीय क्षति समेत हुने जोखिम देखिएको उनले बताए ।

सरकारले दीर्घकालीन समाधानको नीति अघि सारेको भन्दै उनले सुकुम्वासी समस्या अब राजनीतिक विषय नबनाइने स्पष्ट पारे । सुरक्षित आवास व्यवस्थापनमार्फत उनीहरूको जीवन सुरक्षित बनाउनेतर्फ सरकार अघि बढिरहेको मन्त्री पोखरेलको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.