विराटनगरमा चट्याङसहित मध्यम वर्षा

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १३, आइतबार ०८:०९
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबार बिहानैदेखि चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

बिहानैबाट सुरु भएको वर्षासँगै आकाश बाक्लो बादलले ढाकिँदा वातावरण अँध्यारो देखिएको छ । चट्याङ र वर्षाका कारण सर्वसाधारणको दैनिक जनजीवनसमेत प्रभावित बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार कोशी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरेको थियो । चट्याङसहितको वर्षाले जनजीवन प्रभावित बनाउने भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

वर्षाका कारण सवारी आवागमनमा आंशिक समस्या देखिएको छ । पैदलयात्रुलाई आवतजावतमा कठिनाइ भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.