
विराटनगर । मोरङको बेलबारीमा शनिबार राति दुर्घटना हुँदा सीटी सफारी चालकको मृत्यु भएको छ ।
भित्री सडक खण्ड भएर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–००२ ह २४८१ नम्बरको सफारी आफैं अनियन्त्रित भएर बेलबारी नगरपालिका–७ डाँगी टोलमा राति ८ः३५ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा सफारी चालक बेलबारी–७ का अन्दाजी ५० वर्षीय जयन्त बस्नेतको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले राति नै मृत घोषित गरिदिएका हुन् । दुर्घटनामा सफारीमा सवार बेलबारी–७ का २० वर्षीय दिनेश भुजेल घाइते भएका छन् ।
भुजेलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

























