
विराटनगर । मोरङको सुन्दरहरैँचामा अचेत अवस्थामा भेटिएका युवकको शनिबार राति मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–२ का अन्दाजी ३० वर्षीय मोहन खवास राति १०ः२० बजेतिर बेहोस भएर लडिरहेको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार खवास सुन्दरहरैँचा–३ आमजुंगी नजिक भित्री बाटोको किनारमा अचेत अवस्थामा फेला परेका हुन् ।
उनलाई तत्काल उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भुजेल गाउँघरमा मागीखाने गर्थे । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

























