सम्पत्ति जाँचबुझ आयोगको कार्यालय केशरमहलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार २०:०७
आयाेग अध्यक्ष राजेन्द्रकुमार भण्डारी

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगले कम सुरु गरेको छ । काठमाडौं केशरमहलमा कार्यालय स्थापना गरेर काम सुरु गरेको हो ।

गत वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेको थियो । आयोग अध्यक्ष राजेन्द्रकुमार भण्डारीले केशरमहलमा कार्यालय स्थापना गरी काम सुरु भइसकेको बताए । उनले आयोगका लगि कर्मचारी आउनेक्रम जारी रहेको पनि बताए ।

Advertisement

केशरमहलस्थित पुरानो शिक्षा मन्त्रालय भवनमा आयोगको कार्यालय स्थापना गरिएको उनले बताए ।

आयोगले सदस्य रहेका पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसीलाई प्रवक्ता तोकेको छ । भण्डारीको अध्यक्षतामा गठन गरिएको आयोगमा केसीसहित पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल र चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन् ।

भण्डारी आयोगले जाँचबुझ ऐन, २०२६ बमोजिम काम गर्ने जिम्मेवारी पाएको हो । आयोगलाई एक वर्षको कार्यकाल तोकिएको छ ।

आयोगलाई सार्वजनिक पदमा रहेका, सेवानिवृत्त, पदबाट हटिसकेका पदाधिकारी एवम् तिनका परिवारको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म अनुसन्धान गर्ने अधिकार छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.