चट्याङ लागेर श्रीमतीकाे मृत्यु, श्रीमान घाइते

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १४, सोमबार ०८:१०

सिरहा । सिरहामा चट्याङ लागेर  एक महिलाकाे मृत्यु भएकाे छ । उनका श्रीमान घाइते भएका छन् ।

मंगलबार राति करिब साढे १० बजे मिर्चैया नगरपालिका-९ भगवानपुर टोलमा चट्याङले लागेर अन्दाजी ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् ।

रंजिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । घाइते भएका मिथिलेशको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । उनकाे अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.