
विराटनगर । रामेछाप घर भएका एक जनाको लडेर विराटनगरमा मृत्यु भएको छ । रामेछाप घर भई विराटनगर महानगरपालिका–४ मा डेरा गरेर बस्ने ४२ वर्षीय भुवन कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार कार्की परिवारसहित विराटनगर–४ स्थित तारा दनुवारको घरमा ७–८ वर्षदेखि डेरा गरेर बस्दै आएका थिए । उनी डेरा बसेकै घरको कल छेउमा सोमबार बिहान ८ बजेतिर लडेका थिए ।
कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इन्स्पेक्टर दाहाल नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्कीका परिवारको वडा कार्यालयनजिकै चिया नास्ता पसल छ । उनी भने सीटी सफारी चलाउने गरेको प्रहरीले जनाएको छ ।
























