मोरङमा चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १४, सोमबार १०:४३

विराटनगर । मोरङमा चट्याङले लागेर घाइते भएकी एक जना महिलाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका–२ पैटाकी ३० वर्षीया भाल्सादेवी ऋषिदेवको मृत्यु भएको मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालले बताए । उनका अनुसार आइतबार बिहान ८ बजेतिर घरमै बसिरहेको अवस्थामा वर्षा र हावाहुरीसहित परेको चट्याङले लागेर ऋषिदेव घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । कोशीबाट थप उपचारका लागि श्री अस्पताल लगियो ।

अवस्था थप गम्भीर बन्दै गएर उपचार सम्भव नहुने भएपछि अस्पतालले डिस्चार्ज दिएको थियो । अस्पतालबाट निकालेर घर लगिएकी ऋषिदेवको सोमबार बिहानका राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीलाई उनको मृत्यु भएको जानकारी आफन्तले बिहान ६ बजेतिर दिएका थिए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.