
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।
बैठकका मुख्य एजेन्डाबारे आधिकारिक रूपमा नखुलाइए पनि सरकारका नियमित काम कारबाहीबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार सम्भवतः संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने विषयमा आजको बैठकमा विशेष छलफल हुनेछ।
























