भन्सार नियमावली स्वीकृत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १५:११

काठमाडौं। सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो।

बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले केन्द्रलाई व्यावसायिक रूपमा अघि बढाउन यस्तो निर्णय लिइएको जानकारी दिए। यसैगरी बैठकले भन्सार नियमावली २०८३ लाई समेत स्वीकृत गरेको छ।

Advertisement

मन्त्रिपरिषद्को सोही बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बलको नयाँ प्रमुख (आईजी) मा नियुक्त गर्ने निर्णय समेत गरेको छ। सरकारको यो निर्णयसँगै सुरक्षण मुद्रण, भन्सार प्रशासन र सुरक्षा निकायको नेतृत्वमा महत्त्वपूर्ण फेरबदल र नीतिगत व्यवस्था हुने देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.