धर्ना बसेकी पाठकमाथि हातपात, ७ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १५:१९

काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार पाठकको स्वास्थ्य उपचारका लागि अस्पताल पठाइएको हो।

हातपात गरेको आरोपमा प्रहरीले नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित सात जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई अहिले प्रहरी परिसर भद्रकालीमा राखिएको छ।

Advertisement

पाठकले एमाले नेता महेश बस्नेतले आफूमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाहीको माग गर्दै आएकी थिइन्। पछिल्लो समय उनी विवादमा आएपछि राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङको पुनर्बहालीको माग गर्दै माइतीघरमा धर्नामा बसेकी थिइन्। सोही क्रममा उनीमाथि हातपात भएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.