कोशी र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १५, मंगलबार ०६:३९
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

काठमाडौं । देशभर आज (मंगलबार)को मौसम अस्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावसँगै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रका कारण अधिकांश स्थानमा बादलको प्रभाव रहनेछ ।

हाल हिमाली र पहाडी भू–भागमा सामान्यदेखि मध्यम बदली रहेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली देखिएको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

राति पनि मौसममा खासै सुधार नआउने देखिएको छ । कोशी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ र भारी वर्षाका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.