नुहाउन खोज्दा करेन्ट लागेर लीलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार १२:५०

झापा । झापाको दमक नगरपालिका–९ अडियाममा नुहाउन खोज्दा करेन्ट लागेर मंगलबार बिहान एक जना महिलाको मृत्यु भएको छ ।

दमक–९ की ३८ वर्षीय लीलामाया धिमालको मृत्यु भएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । उनका अनुसार आफ्नै घरमा नुहाउनका लागि मोटर अन गर्ने क्रममा बिहान ९ः४५ बजेतिर लीलालाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Advertisement

नुहाउनका लागि मोटर अन गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । गम्भीर घाइते अवस्थाकी लीलालाई उपचारका लागि दमकको निम्स अस्पताल पुर्याउनसाथ चिकित्कसले ११ः३० बजेतिर मृत घोषणा गरिदिएको डीएसपी खड्काले बताए ।

शव अहिले निम्स असपतालमै छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.