विराटनगरमा आगलागी, एक लाख बराबरको क्षति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार ०७:४०

विराटनगर । विराटनगर महानगरपालिका–१८ भेडियारीस्थित गोठमा आगलागी हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार बुधबार बिहानका राति २ः३० बजेतिर श्याम यादवको गोठमा आगलागी भएको हो । प्रहरी, दमकल र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

आगलागीका कारण गोठभित्र रहेको गहुँको भुस जलेर नष्ट भएको छ भने एउटा बाछो जलेर मरेको छ । साथै, दुईवटा गाई सामान्य घाइते भएका छन् । घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।

प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । विद्युत् सर्ट नै आगलागीको कारण हुन सक्ने बताउँदै प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.