
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छन् । अस्वस्थ्य भएपछि उनी बुधबार किस्ट अस्पतालमा भर्ना भएकी हुन् ।
उपसभामुख ठाकुर बिरामी भएर अस्पताल भर्ना भएको श्रम संस्कृति पार्टीका नेता सुदीप राईले पुष्टि गरे ।
उनलाई बेहोस अवस्थामा उपचारका लागि अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनकाे सुगर लेबल कम पाइएकाे थियाे । अहिले भने उनकाे अवस्थामा सुधार आएकाे छ ।



















