
झापा । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जंगली हात्तीको आक्रमणबाट आमा–छोरी घाइते भएका छन् ।
हात्तीले बुधबार राति ८ः३५ बजेतिर आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी छोरी १३ वर्षीया यवद्रा बज्राचार्य घाइते भएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार आफ्नै घरको बरण्डामा बसिरहेका बेला आमा–छोरीलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले दुवै जनालाई बरण्डाबाट तानेर घिसार्दै केही पर पुर्याएर छाडिदिएको थियो ।
बोल्न सक्ने दुवै जनाको खुट्टा भने चल्दैन । मध्यम अवस्थाका घाइते आमा–छोरीको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।



















