थवाङ दुर्घटना : मृतक मध्ये ७ जना एकै परिवारका सदस्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार १४:००

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा भएको जिप दुर्घटनामा मृत्यु भएका मध्ये ७ जना एकै परिवारका सदस्य रहेकाे खुलेकाे छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

वडाध्यक्ष बीरेन्द्र बस्नेतका अनुसार अहिले शव संकलन गरेर थवाङतर्फ लगिँदैछ । ‘अहिले हामीले सबै शवहरू उद्धार गरेर लाँदैछौं,’ उनले भने,’ सात जना एकै परिवारका छन् ’

उनका अनुसार, एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् । दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ९ जना दाङका हुन् । ९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का व्यक्ति रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.