
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोरले प्रधानमन्त्री बालेन शाहसँग भेट नपाउने भएका छन् । गोर बिहीबार तीन दिने भ्रमणका लागि काठमाडौं आएका थिए ।
भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग शुक्रबार भेट्दै छन् । तर प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेट नहुने भएको हो ।
‘प्रधानमन्त्रीज्यू, आन्तरिक सुशासनका काममा व्यस्त हुनुहुन्छ’, प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनिन्,‘गोरसँगको भेटघाट रहेको छैन ।’
प्रधानमन्त्री शाहले अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञहरूसँग एक्लै भेटेका छैनन् । चैत १३ गते प्रधानमन्त्रीमा नियुक्तलगत्तै उनले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूसँग सिंहदरबारमा सामूहिक भेट गरेका थिए ।



















