दुहबीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार ०७:२२

विराटनगर ।  सुनसरीको दुहबी नगरपालिका–२ मा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । इनरुवाबाट दुहबीतर्फ आउँदै गरेको प्र १-०२-००२ ख ११११ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुषको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको थियो । अस्पताल पुर्‍याउँदा बोल्न नसक्ने अवस्थामा रहेका ती पुरुषलाई चिकित्सकले राति  १० बजे अस्पतालले मृत घोषित गरेकाे थियाे ।

प्रहरीले बस र बस चालक मोरङ विराटनगर महानगरपालिका–११ बस्ने ३० वर्षीय मुकेश सहनी तथा सह-चालक सुनसरी इनरुवा नगरपालिका–३ का २४ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएको छ ।

बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.