हाँसोले जोड्दै विश्व

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार ०७:४४

काठमाडौं । विश्व हाँसो दिवस आज (आइतबार) मनाइँदैछ । विभिन्न देशमा विविध कार्यक्रमसहित दिवस मनाउने गरिएको छ ।

प्रत्येक वर्ष मे महिनाको पहिलो आइतबार मनाइने यस दिवसले हाँसोमार्फत विश्व शान्ति, सहअस्तित्व र मानवबीचको आत्मीयता बढाउने सन्देश दिन्छ । सन् १९९८ मा मदन कटारियाले भारतबाट सुरु गरेको यो अभियान अहिले विश्वव्यापी बनेको छ ।

समूहमा हाँस्ने अभ्यास, योग, सार्वजनिक भेला र सचेतनामूलक कार्यक्रममार्फत मानिसलाई सकारात्मक सोचतर्फ प्रेरित गरिन्छ । स्वास्थ्य विज्ञका अनुसार नियमित हाँसोले मानसिक तनाव घटाउने, प्रतिरक्षा प्रणाली बलियो बनाउने र सामाजिक सम्बन्ध सुधार्नेजस्ता फाइदा पुग्छन् ।

पछिल्ला वर्षहरूमा नेपालसहित विभिन्न देशमा ‘लाफ्टर क्लब’ र सामूहिक हाँसो अभ्यास लोकप्रिय बन्दै गएका छन् । यस दिवसले हाँसोमार्फत मानिसलाई नजिक ल्याउँदै शान्तिपूर्ण समाज निर्माणमा सानो तर प्रभावकारी योगदान दिन सकिने सन्देश बोकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.