सशस्त्रका आईजीपीलाई गृहसचिवले फुली लगाइदिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १३:३०

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई गृहसचिवले दर्ज्यानी चिन्ह (फुली) लगाइदिने भएका छन् ।

गृह मन्त्रालयका अनुसार सोमबार बिहान पौने ९ बजे हुने कार्यक्रममा गृहसचिव श्रेष्ठले पौडेललाई फुली लगाइदिने भएका हुन् । चार बर्से पदावधि पूरा गरी वैशाख १८ गते आईजीपी राजु अर्याल अनिवार्य अवकाशमा गएपछि सरकारले पौडेललाई नयाँ आईजीपी नियुक्त गरेको हो ।

पद रिक्त भए पनि बीचमा दुई दिन सार्वजनिक बिदा परेका कारण औपचारिक फुली लगाउने कार्यक्रम सोमबारका लागि तय गरिएको हो । यसअघि निवर्तमान गृहमन्त्री सुधन गुरुङले आईजीपीलाई प्रधानमन्त्रीबाट फुली लगाउने व्यवस्था गरिने बताएका थिए ।

तर, गुरुङ पदबाट हटेपछि उक्त प्रस्ताव कार्यान्वयनमा नआएको गृह मन्त्रालय स्रोतले जनाएको छ । गृह मन्त्रालयले नियमित प्रक्रिया अनुसार नै गृहसचिवमार्फत फुली लगाउने कार्यक्रम तय गरेको हो । फुली लगाएपछि पौडेलले सशस्त्र प्रहरी बलको नेतृत्व औपचारिक रूपमा सम्हाल्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.