मोरङको रतुवामाईमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १२:१९

विराटनगर । मोरङको रतुवामाईमा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका–३ स्थित रतुवा पुलमा को १ १५०९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर बिहान ९ बजेतिर दुर्घटनामा परेको मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा परेर ट्याक्टरका चालक झापाको गौरीगन्ज गाउँपालिका–५ का अन्दाजी ४२ वर्षीय दिलिप महतोको मृत्यु भएको छ ।

गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ करिब १० बजेतिर महतोलाई चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । ट्याक्टरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.