दुई दिन बिदालाई स्थायी बनाउने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार ०७:०२

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा स्थायी रूपमा लागू गर्ने तयारी गरिरहेको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित छलफलमा उनले यस विषयमा अध्ययन भइरहेको जानकारी दिए । बैठकमा स्थानीय तहका प्रमुखहरूले बिदा कार्यान्वयनसँगै पाठ्यक्रम समायोजन, शुल्क नियमन र छात्रवृत्ति वितरण पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए ।

Advertisement

काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता ढंगोलले बिदा कार्यान्वयनअघि शैक्षिक संरचना मिलाउनुपर्ने बताइन् । निजी विद्यालयको व्यवस्थापनमा सुधार आवश्यक रहेको स्थानीय तहका प्रमुखहरुको भनाइ छ । सरकारले स्थानीय तहसँग समन्वय गरेर निर्णय गरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.