
काठमाडौं । सरकारले दोस्रो पटक सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक दिनपछि मंगलबार अध्यादेश जारी गरेका हुन् ।
यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।
सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताको तस्तै जारी गर्न पुनः सिफारिस गरेको थियो । राष्ट्रपतिले मंगलबार भने सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

























