
काठमाडौं । सरकारले वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय लिएको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सोही मिति र समयमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक बस्ने गरी प्रस्ताव गरिएको छ ।
आवश्यक विधेयकहरू अगाडि बढाउने र समसामयिक विषयमा छलफल गर्न अधिवेशन आह्वान गरिएको हो । अब राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन आह्वान गर्नेछन् ।



















