
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वैशाख २८ गते अधिवेशन बोलाउन सिफारिस गरेपछि राष्ट्रपतिले सोहीअनुसार दिउँसो २ बजेका लागि बैठक तय गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन एकै दिन बस्ने जानकारी दिएका छन् ।


























